काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष पक्राउ परेका छन् । विप्लव समूहका जिल्ला पाटी अध्यक्ष कमल थापा ‘बिजुली’ शुक्रबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार रोल्पा सुनिलस्मृति गाउँपालिका– ६ बाट थापालाई नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका थापालाई थुनामा राखेर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।
उनलाई एन्सेल टावरमा क्षति पुर्याएको सरकारी कार्यालहरूमा चन्दा असुली गरेको कसुरमा अनुसन्धान थालिएको खड्काले जानकारी दिए ।
थापा पूर्वमाओवादीका लडाकु हुन् भने पछि विप्लव समूहमा सक्रिय भएर लाग्दै आएका थिए ।
