काठमाडौँ – रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।


रुसी सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेपश्चात परेका अनलाइन आवदेन मार्फत श्रेष्ठ छानिएको र उनले खोप लगाएको बताइएको छ।

बताइएअनुसार, ३० हजार जना मध्येबाट लक्की ड्र मार्फत छानिएका थिए। श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको एनआरएनए उपाध्यक्ष बद्री केसीले जानकारी दिए।

श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
