११ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत १८ भदौमा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी पूर्व निर्णयहरू बदर गर्ने ‘विवादास्पद’ निर्णय लिइन् । तर, २९ भदौमा सर्वोच्च अदालतले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कित्ताकाटको विषय अन्योलमा परेको छ ।
मन्त्रालयको निर्देशन र अदालतको अन्तरकालिन आदेशपछि नयाँ अन्योल सिर्जना भएको सरोकारवालाहरु बताउँछन् । अदालतले १८ भदौको निर्णय मात्र कार्यान्वयन नगर्नु भनेकाले त्यसभन्दा अघि भइरहेको कित्ताकाट जारी राख्नुपर्ने एकथरिको तर्क छ भने अर्कोथरीले सबैखाले कित्ताकाट रोक्नुपर्ने भनेर अदालतको आदेशलाई अथ्र्याएका छन् । मुद्दाको ८ असोजका लागि निर्धारित पेशी २० असोजलाई सरेको छ ।
