After header

‘काठमाडौँलाई मागिखानेहरुको शहर बनाइयो, श्रम गरी खान सक्नेहरुलाई अल्छी बनाइयो’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई मागिखानेहरुको शहरका रुपमा चिनाउने प्रयास भएको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले काठमाडौँलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको र मागिखानेहरुको शहरका रुपमा चिनाउन अहुने बताएका हुन्।कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास भएको भन्दै शाक्यले त्यस्तो नहोस् भन्ने चाहना व्यक्त गरेका छन्।

समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाडौँ महानगरपालिकाको कुनै वैरभाव नरहेको पनि शाक्यले स्पष्ट पारेका छन्।

यस्तो मेयर शाक्यले जारी गरेको विज्ञप्ति

एक पटक पढ्नुहोस