कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । उनी नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त भएका हुन् ।
उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन् । उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिए पनि अन्तिम समयमा आएर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको कार्यभार दिइएको छ ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएको बताइएको छ ।
