After header

नेपालगञ्ज सहित ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले लिदै सहमति

काठमाडौ/सक्तारुढ गठबन्धन बैठकबाट नेपालगञ्ज सहित ७ वटा उपमहानगरपालिका काग्रेसले नेतृत्व गर्ने सहमति सहित भागभण्डाको  टुगिएको छ  ।
सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान आज बुधबार बसेको सत्तारुढ गदलको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।


सहमति सगै नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउने गरी सहमति भएको हो ।

सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमतिपत्रमा बुधबार हस्ताक्षर हुने नेताहरुले बताएका छन् ।

एक पटक पढ्नुहोस