After header

प्रमुख निर्वाचन कार्यालय सहित सबैै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काभ्रे/निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि काभ्रेमा प्रमुख  निर्वाचनको कार्यालय स्थापना गरिएको छ । १३ वटै स्थानिय तहको प्रमुख निर्वाचन कार्यालय आज काभ्रेको धुलिखेलमा स्थापना गरिएको हो ।

प्रमुख निर्वाचन कार्यालयको उद्घाटन सगै काभ्रेमा १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय आज बिहिबार स्थापना गरिएको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई सम्पन्न गर्ने उदेश्यले आजबाट १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनु भयो ।

निर्वाचन निष्पक्ष, तटस्थ, धाँधली रहित हुनेमा कसैलाई शङ्का नगर्न प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईले आग्रह गर्नु भयो । आज बिहिबार बाट काभ्रेको १३ वटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना सम्पन्न भएको समेत उहाँले बताउनु भयो । यही बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएकाले सबै तहमा निर्वाचन अधिकृत र कर्मचारी खटाई आजबाटै नै निर्वाचन सम्बन्धी सबै काम हुने समेत प्रमुख निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

एक पटक पढ्नुहोस