After header

महाभारत एमालेमा पूर्ण र शान्ति सर्वसम्मत

काभ्रे/वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले महाभारतमा गाँपालिकामा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन गरेर जिल्ला कमिटीमा पठाएको छ ।

महाभारत गाउँ कमिटिको बैठकले अध्यक्षमा पुर्ण बहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ राना मगरलाई उम्मेदवार बनाउने भन्दै गाउँपालिका कमिटिले निर्णय गरि जिल्ला कमिटिमा पठाएको छ ।

गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत गरे संगै महाभारत गाउँ कमिटिले केहि वडा अध्यक्षहरुमा समेत सर्वसम्मत गरिएको पालिका कमिटि सदस्य रोजन श्रेष्ठले जानकारी दिए । ८ ओटा वडा रहेको पालिकामा ६ वडाहरुमा वडा अध्यक्षको लागि सर्वसम्मत गरिएको छ । वडा नं १ मा सुविदार श्रेष्ठ, २ मा जनक बहादुर मोक्तान वडा नं ४ मा दोष बहादुर जर्गा मगर ६ मा जगतमान मोक्तान, ७ मा मान बहादुर राना र ८ मा अम्बर बहादुर आले मगर सर्व सम्मत चयन गरिएको श्रेष्ठले जानकारी दिए ।

सर्वसम्मत गर्न बाँकी दुई वडाहरुमा मनोनय दिने समय सम्ममा सर्वसम्मत गरिने पालिका सदस्य श्रेष्ठले जानकारी दिए । गाउँपालिकामा सिफारिस भएका अध्यक्ष र उपाध्यक्ष दुवै जना नेकपा माओवादी केन्द्र बाट एमालेमा प्रवेश गरेका ब्यक्ति हुन् ।

एक पटक पढ्नुहोस