After header

धुलिखेल नगरमा गठबन्धन बाट बागी उम्मेदवारी

बस्नेत भन्छन् म काँग्रेस कै उम्मेदवार हो

 

धुलिखेल/सत्ततरुढ गठबन्धनको विरुद्धमा नेपाली काग्रेसका धुलिखेल नगर सभापति बिदुर बस्नेतले बाघी उम्मेदवार दिएका छन् । भागभण्डाको आधारमा धुलिखेल नगरपालिकाको मेयरमा एकीकृत समाजवादीलाई परेकाले काँग्रेसले मेयर नपाएको भन्दै नगर सभापति बिदुर बस्नेतले मेयरका लागि स्वतन्त्र उम्मेदवार दिएका छन् ।

बस्नेतले आफूले गठबन्धन मात्रै नमानेकोे तर मेरो उम्मेदवारी नेपाली काँग्रेसको तर्फ बाटै नै रहेको बताए । नेपाली काँग्रेसले नेपाली काँग्रेसलाई संरक्षण गर्ने आधार नबनेर मात्रै आफूले स्वतन्त्र उम्मेदवारी दिनु परेको हो । उनले भने, उम्मेदवारी दिन नरोकिने भएपछि आफू स्वतन्त्र भएको हो, तर म नेपाली काँग्रेसकै उम्मेदवार भएको बस्नेत दावी गरे । महिले गठबन्धन मात्रै नमाने हो तर म नेपाली काँग्रेस उम्मेदवार भएको उनले बताए ।

आफूले एकीकृतलाई स्विकार गर्ने नसकेको कारण काँग्रेस पुरै पार्टी लाग्दा समेत जिताउन नसक्ने पार्टीलाई मेयरको टिकट दिएपछि पुरै नगरले नै असतुष्टी जनाए पछि आफूले नेपाली काग्रेसको तर्फबाट मेयर पदका लागि उम्मेदवार दिएको बस्नेतले जानकारी दिए । उम्मेदवारी फिर्ता नहुने भन्दै आफूले नेपाली काग्रेस पार्टी बाटै उम्मेदवारी दिएकाले काँग्रेस कै मतले चुनाव जित्ने समेत उनले दावी गरे ।
सत्तबरुढ गठबन्धनबाट भागभण्डाको आधारमा नेपाली काग्रेसलाई उपमेयर परेकोमा उपमेयरबाट निराजन जंगमले उम्मेदवारी दिएका छन् ।

एक पटक पढ्नुहोस