काभ्रे/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहका लागि नेकपा एमाले बनेपाले आज सोमबार बाजागाजा सहित उम्मेदवारी दर्ता गरेको छ ।

बनेपा नगरपालिकाका लागि नेकपा एमालेको तर्फबाट युवा नेता सबैको मन मुटुमा बस्न सफल भएका समाजसेवी रत्नकुश रञ्जितकारले मेयर पदका लागि उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि विमला सापकोटाले उम्मेदवारी दिएकी छिन् ।
बनेपामा १४ वटै वडा अध्यक्ष र वडा सदस्य सहित आज मनोनईन दर्ता गरेको छ ।

एमाले बाट वडा नं. १ मा वडा अध्यक्ष कमल घिमिरे, २ मा श्याजयराम घिमिरे, ३ मा गोविन्द दाहाल, ४ मा श्यामसुन्दर श्रेष्ठ, ५ मा बलराम अधिकारी, ६ मा कृष्ण प्रसाद तिमल्सिना, ७ मा वर्ण वाक्य, ८ मा श्यामकाजी मानन्धर, ९ मा विक्रम प्रजापति, १० मा चन्द्र बहादुर खड्का, ११ मा शिवकुमार थापा, १२ मा रामबहादुर कुँवर, १३ मा रामलाल दुवाल र १४ मा निर्मला तामाङ रहेका छन् ।







