After header

काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस, माओवादीले उम्मेदवार टुंगाए

 

काभ्रे/काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार बल्ल टुंगाएका छन् । मनोनयन दर्ता गर्ने अन्तिम दिनमा मात्रै कांग्रेस र माओवादी केन्द्रले आफ्नो भागमा परेका स्थानीय तहमा उम्मेदवार टुंगाएका हुन् । गठबन्धनको एकिकृत समाजवादीले भने अझै उम्मेदवार टुंगाएको छैन ।
सिट बा“डफाडमा असन्तुष्टी जनाउ“दै प्रदेशको निर्णय नमान्ने घोषणा गरेका कांग्रेस धुलिखेल नगर कार्यसमिति र भुम्लु गाउ“ कार्यसमिति विवाद मिलाएर गठबन्धनको निर्णय कार्यान्वयन गर्ने पक्षमा देखिएको छ ।
गठबन्धनले धुलिखेलको प्रमुखमा समाजवादीका दयासागर श्रेष्ठ, उपप्रमुखमा कांग्रेसका निराजन जंगम, नमोबुद्धको प्रमुखमा कांग्रेसका कुन्साङ लामा, उपप्रमुखमा माओवादी केन्द्रका रत्न लामा, पा“चखालको प्रमुखमा कांग्रेसका महेश खरेल, उपप्रमुखमा माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई उम्मेदवार बनाएको छ ।

बनेपाको प्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, पनौतीमा कांग्रेसका रामशरण भण्डारी, मण्डनदेउपुरको उपप्रमुखमा कांग्रेसका विष्णुमणि नेपालको टुगो लागेपनि एकिकृत समाजवादीको भागमा परेका पदमा टुंगो लागेको छैन ।
भुम्लु गाउ“पालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल, उपाध्यक्ष्ँमा कांग्रेसका जितेन्द्रमान तामाङ (दाबा), चौरीदेउरालीको अध्यक्षमा माओवादी केन्द्रका रेणुका चौलागाई र उपाध्यक्ष्ँमा कांग्रेसका शेरबहादुर तामाङ, रोशीमा कांग्रेसका दिनेश लामा, उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा, तेमालको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर लामा र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर, खानीखोलामा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोेर्जेमान जिम्वा, महाभारतको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्वा, उपाध्यक्षमा कांग्रेसका सागर मोक्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बेथानचोकको अध्यक्षमा कांग्रेसका भगवान अधिकारी टुगो लागेपनि माओवादी केन्द्रले उम्मेदवार दिन सकेको छैन ।वडातहमा भने सहमति नभएको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय दलहरुले गरेका छन् ।

एक पटक पढ्नुहोस