After header

आईतबार काभ्रेमा २१९ जनाले बिभिन्न पदमा दिए उम्मेदवारी

धुलिखेल/काभ्रेको नमोबुद्ध नगरपालिकामा आज राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले नगर प्रमुख, उपप्रमुख, वडा नं. १ र वडा २ मा वडाध्यक्ष र २ जना वडा सदस्यको मनोनयन दर्ता गराएका छन् भने मंगोल नेशनल अर्गनाइजेशनले वडा नं. ८ को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिनमा उम्मेदवारी दर्ता गराउने पार्टी यी दुइ मात्र भएका हुन् । नमोबुद्ध नगरपालिकाको निर्वाचन अधिकृत विष्णुप्रसाद ज्ञावालीका अनुसार राप्रपाबाट प्रमुख पदमा नवराज सत्याल, उपप्रमुखमा प्रमिला मैनाली प्रसाई, १ नं. वडा अध्यक्षमा रहर सिं तामाङ, वडा सदस्यमा कृष्ण बहादुर भुजेल, तिर्थमान तामाङ र वडा नं. २ का अध्यक्ष पदमा अमेश हुमागाईले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट ८ नं. वडा अध्यक्षमा देवराज योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै धुलिखेल नगरपालिकामा मेयर ५ जना उपमेयरमा २ जनाले मनोनयन दर्ता गरेका छन् । यस्तै नेमकिपा मंगोल नेशनल अर्गनाइजेशन नेपालका लागि नेपाली पार्टी र उन्नत नेपाली पार्टी ले प्रमूख पदमा मनोनयन दर्ता गरेका छन् भने उपप्रमूखमा मंगोल नेशनल पार्टी र नेपालका लागि नेपाली पार्टीले दर्ता गरेका छन् । यस्तै धुलिखेलमा नै वडाध्यक्षमा ४ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा धुलिखेल १ मा ८ मा १ जना ९ र ११ मा १ जना गरि ४ जना रहेका छन् । यस्तै स्वतन्त्र १ जना वडाध्यक्ष रहेका छन् । भने २ जना खुल्ला सदस्य र १ जना महिला सदस्य गरि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै आज खानीखोला गाउँपालिकामा अध्यक्षका लागि१ जना नेकपा माओवादी र उपाध्यक्षमा १ जना समाजवादी छन् । यसमा जसमा जेनिशा लामा र प्रेम बहादुर तिमल्सिना रहेका छन् ।
यता बेथानचोक गाउँपालिकामा आइतबार १ जना मात्रै वडा नम्बर ३ मा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी स्वतन्त्र उम्मेद्वार हुन् ।
यता भुम्लु गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि ३ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा स्वतन्त्रबाट होमराज माझी सामाजिक एकता पवार्टीबाट लिलाभक्त श्रेष्ठ, नेपालका लागि नेपाली पार्टीबाट बिष्णु बहादुर खत्री रहेका छन् । यस्तै वडा नम्बर ५ को वडाध्यक्षमा भिम बहादुर खत्रीको मनोनयन दर्ता गराएका छन् ।यता महाभारत गाउँपालिकामा आइतबार कुनै पनि व्यक्ति र दलले मनोनयन दर्ता गराएनन् ।

यता रोशी गाउँपालिकामा आइतबार ८ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा स्वतन्त्र प्रमूख तर्फ विजय लामा मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट ३ वटा वडामा १, राजु लामा २ मा सत्य लामा र वडा नम्बर ११ मा पासाङनर्बू लामा रहेका छन् । भने अर्का वडा नम्बर ४मा स्वतन्त्रबाट वडाध्यक्षमा नेपाल कम्युनिष्ट परिवर्तन पार्टी बुद्धिमाया लामा वडा नम्बर ४ महिला सदस्य बिल बहादुर मगर वडा नम्बर ४ मा स्वतन्त्र उँम्मेद्वार र वडा नम्बर ४को वडा सदस्य स्वतन्त्र उमेद्वार वडा सदस्य तेज बहादुर थापा मगर र सुरेस पुलामी मगर रहेका छन् ।
पाँचखालमा विभिन्न पदका लागि विभिन्न दलका २४ जनाले मनोनयन दर्ता गरेको बताएका छन् । यता पाँचखाल नगरपालिकामा आइतबार मनोनयन दर्ता गराउने प्रमुखमा १ स्वतन्त्र र २ जना दलका रहेका छन् । उप्रमूखमा २ जना राप्रपा नेपाल र नेमकीपाका छन् । वडाध्यक्षमा १० जनाको मनोनयन परेको छ । राप्रपाबाट ६ जना नेमकीपा बाट ३ जना रहेका छन् । १ जना स्वतन्त्र रहेका छन् । महिला सदस्य ४ जना र खुल्ला सदस्य ५ जना रहेका छन् ।
यता बनेपामा ६७ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमूख पदमा ६ जना ४ जना स्वतन्त्र र पार्टीका २ जना रहेका छन् । उपप्रमूखमा पार्टीका २ र १ स्वतन्त्र रहेका छन् । वडाध्यक्षमा १ स्वतन्त्र रहेका छन ्।
यता तेमाल गाउँपालिकामा अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दुर्गा तामाङले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा शुसिला तामाङले मनोनयन दर्ता गरेका छन् ।

भने तेमाल १ नम्बर वडाबाट प्रदिप पाठकले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । २ नम्बरमा विवेक तामाङ मंगोल बाट ३ मा कान्छा तामाङ ४ मा निंमार तामाङ ५ मा विपुलाल तामाङ, ७ मा विछोड लामा , ८ मा सन्देश घिसिङ वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा माओवादी समाजवादीले वडा नम्बर ८ मा गुञ्जमान तामाङलाई मनोनयन दर्ता गराएका छन् । तेमालमा १६ जनाले मनोनयन दर्ता गराएका छन् ।
यता मण्डनदेउपुर नगरपालिकामा १८ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा मेयर २ जना उपमेयर १ जना वडाध्यक्ष ५ जना खुला सदस्य ६ जना महिला सदस्य ३ जना दलित १ जना रहेका छन् । पनौती नगरपालिकामा ५१ जनाले उम्मेदवारी दिएकाछन् । प्रमुख ५ जना उप प्रमुखमा १ जनाले मनोनय दर्ता गरेको निर्वाचन अधिकृत गोबिन्द घिमिरेले जानकारी दिए ।

एक पटक पढ्नुहोस