काभ्रे/यही बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि काभ्रेमा सत्तरुढ गठबन्धन बिच भागभण्डा मिलेको छ । जिल्लाबाट टुग्यो लगाउन नसकेर सबैले प्रदेशमा पठाईएकोमा बागमती प्रदेशले आज आईतबार सिटको भागभण्डा मिलाएको छ ।
काभ्रे १३ वटा स्थानिय तह रहेको काभ्रेमा काग्रेसले ७ वटा, माओवादी ४ र एकीकृत समाजवादीले २ वटा प्रमुख लिएर टुगिएको छ ।
काभ्रे जिल्लामा गठबन्धन बिच नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादी पार्टी बिच स्थानीय तहको निर्वाचनको लागि तालमेत गर्ने सहमति सहित आज टुगिएको हो । प्रदेशमा भएका सहमति अनुसार नेपाली कांग्रसले नगरपालिका तर्फ बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र गाउँपालिका तर्फ बेथानचोक, रोशी र तेमालमा प्रमुखको लागि पाएका छन् ।
माओवादी केन्द्रले महाभारत, खानीखोला, चौरी देउराली र भुम्लु गाउँपालिको प्रमुखमा सहमति भएका छन् । समाजवादी पार्टीले धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुखमा सहमति भएको छ ।
गठबन्धन दलहरु बिच उप प्रमुखमा नेपाली कांग्रेसले महाभारत, खानीखोला, भुम्लु र चौरी देउराली गाउँपालिकामा पाएका छन् भने नगरपालिका तर्फ धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा गरि ६ स्थानीय तहमा उप प्रमुख लिएका छन् । नेकपा माओवादी केन्द्रले तेमाल, बेथानचोक, रोशी, र नगरपालिका तर्फ नमोबुद्ध र पाँचखालमा गरि ५ स्थानीय तहमा उप प्रमुख लिएका छन् । समाजवादीले बनेपा नगरपालिका र पनौती नगरपालिकामा उप प्रमुख लिएका छन् । सिट भागभण्डा भएता पनि उम्मेदवार भने को कहा हुने कसैले पनि टुंगो लगाउन सकेका छैन् ।
