After header

राष्ट्रिय संगीतकर्मी संघको भित्ते पात्रो सार्वजनिक

काठमाडौं/राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले २०७९ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा भित्ते पात्रो विमोचन गरिएको थियो । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजनामा भित्ते पात्रो विमोचन तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदन प्रदान कार्यक्रममा महानायक हमालले नेपाली कलाक्षेत्रका बारे धारणा राखेका थिए ।

कार्यक्रममा सांगीतिक संघ तथा साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तान, जन साँस्कृतिक संघका अध्यक्ष बैकुण्ठ महत, प्राबिधिक संघका पूर्व अध्यक्ष मनोज केसी, गीतकार तथा चलचित्र बिकाश बोर्ड सदस्य मिनसागर लामा, लोकदोहोरी सम्राट राजु परियार, बरिष्ठ गायक यम बराल, टिका पून लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी संघका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की, चलचित्र निर्देशक रोशन हमाल ठकुरी, संस्थाका संस्थापक महासचिव ऋषि अधिकारी, निवर्तमान वरिष्ठ, उपाध्यक्ष नमराज ढुड्गाना, संचारकर्मी राजु बोहोरा, डब्बु क्षेत्री, सरिता भारती, कलाकार÷निर्देशक अमरकृष्ण चन्दको समुपस्थिति कार्यक्रममा रहेको थियोे ।

संघका केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, राजधानी बिशेष समिति, बिदेश बिभाग, आजिबन तथा साधारण सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारी सम्मिलित विमोचन कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष बिक्रमजंग शाहले महानायक राजेश हमाललाई संस्थाको तर्फबाट सम्मान गरेका थिए ।

एक पटक पढ्नुहोस