After header

भुम्लुमा माओवादी र समाजवादी एक

भुल्लु/गठबन्धन तिर नलाग्ने भन्दै भुम्लुमा गाउँपालिकामा दुई पार्टी बिच सहमति हुदै उम्मेवारी भाग भण्डा टुगीएको छ । नेकपा माओवादी र एकीकृत समाजवादीले काग्रेस विना नै दुई पार्टीबिच भागभण्डा गदै सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
आईतबार दुई पार्टीको नेता बिच भएको सहमति अनुसार भुम्लु गाउँपालिकामा प्रमुख अध्यक्षमा माओवादी केन्द्र र उप प्रमुखमा एकिकृत समाजवादीलाई परेको क्रान्ति लामाले जानकारी दिए ।

१० ओटा वडा रहेको भुम्लु गाउँपालिकामा माओवादी र समाजवादीलाई ५– ५ वडामा सहमति गरिएको लामाले जानकारी दिए । वडा नं १,३,४,५ र ६ माओवादी केन्द्रले वडा अध्यक्षमा उमेदार दिने र वडा नं २,७,८,९ र १० मा समाजवादी पार्टीको वडा अध्यक्ष उमेदवार रहने छलफल गरि सहमति भएको लामाले जानकारी दिए । आईतबार भएको चुनावी तालमेलको लागि सहमति पत्रमा दुई दलको अध्यक्षहरु माओवदी केन्द्र बाट प्रेम भुजेल र समाजवादी बाट प्राणनाथ न्यौपानेले हस्ताक्षर गरेकाछन् ।

एक पटक पढ्नुहोस