After header

रोशीमा स्वतन्त्र उम्मेदवार विरुद्ध उजुरी

रोशी/जिल्लाको रोशी गाउँपालिकामा मनोनय दर्ताको भोलि पल्टै उम्मेदवार विरुद्ध उजुरी परेको छ । रोशी गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राम कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध दर्ता गरेका छन् ।

वडा नं ७ मा स्वतन्त्र बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका मेघ बहादुर तामाङ बिरुद्ध दाबी बिरोध दर्ता गरेको रोशी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिएका तामाङ बिरुद्ध कालो सूचीमा परेको र बेरुजु भएको बिषय उल्लेख गरेर निवेदन परेको कार्यालयले जनाएको छ ।

यस उजुरीको विषयमा रोशी निर्वाचन अधिकृतको कार्यालयले उजुरीको दर्ताको विषयमा उम्मेदवारलाई सफाइ तथा सबुद प्रमाण सहित १४ गते निर्वाचन कार्यालयमा उपस्थित हुन समेत आग्रह सहिते निर्वाचन अधिकृतले सुचना जारी गरेका छन् ।

एक पटक पढ्नुहोस