काभ्रे/स्थानिय निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेस पनौती वडा नं. ६ ले आज शुक्रबार एक कार्यक्रम आयोजना गरेको छ । उम्मेदवार सग वडाका अगुवा कार्यकर्ता भेलाको आयोजना गदै कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवार सग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गठबन्धन दलबाट मेयरका उम्मेदवार रामशरण भण्डारीले जनतालाई नोकर सम्झने एमाले नेतृत्वको स्थानीय सरकार रहेसम्म पनौती नगरको विकास नहुने बताउनु भएको छ ।
पनौती नगरपालिकामा एमालेको नेतृत्वको स्थानीय सरकारले करोडौं रुपैया भ्रष्टाचार गरेको भण्डारी बताउनु भयो । हालै सम्पन्न मकर मेलामा पनि आठ करोड रुपैया खर्च देखाएको भन्दै मकर मेला व्यवस्थापनमा दुई करोड भन्दा बढी खर्च नभएको उनको भनाई थियो ।
एमालेको व्यक्तिवादी प्रवृति विरुद्ध गठबन्धनले उम्मेद्वारी दिएको भन्दै उपप्रमुखका लागि नेकपा एकिकृत समाजवादीका उम्मेदवार हुमागाई पनि आफुहरु निर्वाचित भए राजनीतिक पुर्वाग्रह नराखि समग्र नगरको हितको लागि काम गर्ने बताउनुहुन्छ । लामो समय प्राध्यापन पेशा र वित्तिय क्षेत्रमा कार्य गरेको अनुभव बटुलेका उपप्रमुखका उम्मेदवार हुमागाई पनौती नगरपालिका भित्र आर्थिक सुशासन कायम राख्ने कुरामा आफुहरु प्रतिवद्ध रहेको पनि बताउनु भएको छ ।

पनौती नगरपालिकामा गठबन्धन दलको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रामशरण भण्डारी र छवि हुमागाईले पनौती नगरमा प्रजातन्त्र नआएको र हुकुमि शासन कायम रहेको बताउनु भयो । आफुहरु जनताको मालिक हैन नोकर बन्न उम्मेदवारी दिएको बताउनु भयो ।
पनौतीको स्थानीय तहमा एमाले नेतृत्वको सरकार रहेसम्म नगरको समग्र विकास असम्भव भएको भन्दै वैशाख ३० को निर्वाचनबाट एमालेलाई परास्त गर्ने भन्दै नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु एक भएका उहाले बताउनु भएको थियो ।

कार्यक्रममा काग्रेस पनौती नगरका कार्यवहाक सभापति श्रीराम थापाले मत माग्ने क्रममा पनौती नगरपालिका भित्र एमाले नेतृत्वले गरेको भ्रष्टाचारको कुरा पनि आम मतदाता समक्ष पु¥याउनु बताउनु भएको छ । हालै सम्पन्न मकर मेलामा दुई करोड रुपैया भन्दा बढी खर्च नभए पनि पनौती नगरपालिकाको कार्यकारी पदमा रहेकाहरुले आठ करोड रुपैया खर्च भएको देखाएर भ्रटाचार गरेको उहाको भनाई थियो । क्षेत्रीय रंगशाला निर्माणमा जग्गा व्यवस्थापनमा पनि लाखौ रुपैया भ्रष्टाचार गरेको कारण अहिले पखरिद गरेको जग्गा मुद्धामा गएको पनि कार्यवहाक सभापति थापाको भनाई थियो ।

पनौती नगरको लागि आइतवार सम्म प्रतिवद्धता पत्र सार्वजनीक गर्ने तयारी गरेको गठबन्धन दलहरुले आर्थिक सुशासनका साथै कृषिलाई पनि प्राथमिकतामा राखेका छन् । यहाका अधिकांश वासिनदाहरु कृषि पेशामा संलग्न छन् भन्दै भण्डारी भन्नुहुन्छ– कृषिलाई आधुनिक र व्यवसायीक बनाउनु पर्नेछ ।
यहा रहेको एतिहासिक र धार्मिक क्षेत्रको विकास गरि पर्यटन व्यवसाय बढाउने, फोहोर व्यवस्थापन गरि सुन्दर नगर बनाउने, पनौती नगरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्ने, भुगोल र वडा अनुसार छुट्टाछुट्टै विकासका परियोजना सञ्चालन गर्ने, एकिकृत खानेपानिको व्यवस्थापन गर्ने जस्ता महत्वपुर्ण कार्यहरुमा आफुहरुले ध्यान दिने भन्दै गठबन्धनका नेताहरुले मत मागिरहेका छन् ।

गुणस्तरीय शिक्षा र स्वास्थ्य यहाको प्रमुख आवश्यक्तालाई पुरा गर्न सुविधा सम्पन्न नगर अस्पताल निर्माण र सामुदायीक विद्यालयहको स्तरोन्नती गठबन्धन पार्टीहरुले एजेण्डा बनाएका छन् । स्वरोजगार सृजना गर्नुपर्ने, व्यवस्थित वस्ति विकास गर्नु पर्ने भन्दै मेयरका उम्मेद्वार भण्डारीले पनौती नगर भित्र रहेको विभिन्न क्षेत्रका विज्ञहरुको समुहले बनाएको गुरु योजना अनुसार वार्षिक क्यालेण्डर बनाएर काम गर्ने बताउनु भएको छ ।
