After header

रोशीको विकासका लागि मेरो उम्मेदवारी ः लामा

रोशी/बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेपाली काग्रेस रोशी गाउँपालिका चुनावी प्रचार प्रसारमा ब्यस्त रहेको छ । रोशी भेगको भौगोलिक अवस्था र विकासका लागि गाउँपािलकाको अध्यक्ष पदमा आफूले उम्मेदवारी दिएको अध्यक्षका उम्मेदवार दिनेश लामाले बताए । समाजसेवी, बौद्धिक ब्यक्तित्व समेत रहेका लामालाई यति बेला घरदैलोमा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।

रोशी गाउँपालिकाको सवै क्षेत्रको विकासको लागि बौद्धिक, राजनीतिक, इमान्दार र भिजन भएका नेपाली कांग्रेसका नेता दिनेश लामा जस्तो अध्यक्षको उम्मेदवार पाउनु र भोलिका दिनमा उहालाई नै जिताउनु आवश्यक रहको मतदाताहरुले बताएका छन् । लामाले घरदैलो सगै भावि रोशी गाउँपालिकालाई कसरी विकास गर्ने र रोशी भेगमा कस्ता योजना आवश्यक रहेको भन्दै जनता सग सल्लाह सुझाव लिदै घर घर पुगेका छन् ।

एक पटक पढ्नुहोस