बनेपा÷पार्टी विपरित कार्य गरेको पाइएपछि नेकपा एमाले काभ्रेले रोशी गाउँपालिकाका तीन जनालाई निस्कासन गरेको छ । 
नेकपा एमाले काभ्रेले प्रेस बिज्ञप्ति जारी गर्दै बिहीबार पार्टीबाट निस्कासन गरेको हो । विज्ञप्तिमा रोशी गाउँपालिका वडा नं १ का कर्णबहादुर लामा, वडा नं ३ का एक्काबहादुर लामा र सोही वडाका ङेमा लामालाई पार्टीको हित विपरित कार्य गरेको भन्दै बिहीबारदेखिनै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरि निस्कासन गरेको हो ।
