After header

बृद्धबृद्धाआमा बुबाको आशीवार्द रत्नकुशलाई ( हेर्नुहोस् तस्वीर सहित )

बनेपा/यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा यति बेला दलहरु घरदैलोमा ब्यस्त रहेका छन् । घरदैलो क्रममा नै नेकपा एमले बनेपा नगरका मेयरका उम्मेदवार रत्नकुश रंजितकार जनताको घर घर टोल टोल गई बृद्धबृद्धा आमा बुबा युवाहरुको आशीवार्द थाप्दै छन् ।

बनेपा नगरमा १४ वटा वडा रहेको नगरमा अधिकाशं बृद्धबृद्धाहरुले रत्नकुशलाई आशीवार्द दिदैं टिका माला र खाता लगाउदै हिन्दु सरकारमा दही खुवाई विजयको शुभकामना दिदैं आएका छन् । बनेपा नगरका समाज सेवी शिक्षा प्रेमी र आम बनेपाबासीको मनमुटुमा बस्न सफल भएका रंजितकार यति बेला सबै मतदाताको एउटै आवाज सुन्दा आफ्नो जित आवश्य रहेको बताएका छन् ।

जुन वडा जाउँ जहाँ जाउँ मलाई सबै आमाबुबा दाजुभाईले गरेको सद्भा नै मेरा लागि जितको सङ्केत रहेको रंजितकारले बताए । उहाँ जतिको समाज सेवी र नगरको हित गर्ने ब्यक्ति कोही नभएको भन्दै हामीले पार्टी भन्दा पनि उम्मेदवार हेर्ने हो एक मतदाताले बताए । उहाले पार्टी मात्रै भनेर बस्नु भएको छैन् । उहाँले आम मानीसलाई सम्मान जनक व्यवहार गर्नुहुन्छ त्यसैले उहाँले आम बनेपा बासीको मन जित्न सक्नु भएको छ उनले भने ।

हरेक जनताको ख्याल गदै भुकम्प जादाँ होस् । कोभिडको समयमा होस् । उहाँले जति कुन पार्टीका उम्मेदवारले हामीलाई साथ र सहयोग गर्नु भएको छ । अघिपछि व्यापार गरेर बस्ने अनि चुनावमा म उठी मलाई सहयोग गर्नु भन्दा लाज लाग्नु पर्ने हो त्यस्ता नेतालाई एक अर्का मतदाताले भने ।
युवाहरुका ढुकढुकी बनेपा नगरका विकास प्रेमी नेता रत्नकुश रंजितकार उहाँको राजनितीक भन्दा पनि समाज सेवा बाट झनै प्रख्यात रहेका ब्यक्ति हुन् ।

 

एक पटक पढ्नुहोस