After header

काभ्रेमा माओवादीले खाता खुल्यो

गठबन्धनका तर्फबाट भुम्लु १ मा माओवादीका वडा अध्यक्ष विजय

 

काभ्रे/काभ्रे जिल्लामा गठबन्धनको तर्फबाट भुम्लु गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी तर्फबाट वडा अध्यक्ष निर्वाचित भएको छ ।

भुम्लु गाउँपालिका १ सापिङमा माओवादीका लेखनाथ श्रेष्ठ विजय भएका छन् । उनी ४ सय ५० मत अन्तरले बिजयी भएका हुन् । वडा अध्यक्ष पदका लागि माओवादीका उम्मेदवारलाई ९ सय ९४ मत खसेको थियो भने सूर्यका उम्मेदवारलाई ५ सय ४४ मत खसेको थियो ।

कुल १७ सय २२ मतमा गठबन्धनका तर्फबाट अध्यक्षका लागि ८ सय ४७ र उपाध्यक्षका लागि ८ सय २२ मत प्राप्त गरेको छ भने एमालेका तर्फबाट अध्यक्ष पदका लागि ६ सय ५९ र उपाध्यक्षका लागि ५ सय ३४ मत प्राप्त गरेको छ ।

एक पटक पढ्नुहोस