After header

बलात्कारको आरोप लागेका पाण्डे पक्राउ

काठमाडौं / सौन्दर्य प्रतियोगिताको नाम किशमेरीलाई बलात्कार गरेको आरोप लागेका एक ब्यक्ति पक्राउ परेका छन् ।
आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना आफूलाई बलात्कार गरेको पीडिततको भनाई अनुसार प्रहरी उनलाई पक्राउ गरेको छ । बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।

घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् । त्यसैको विषयलाई लिएर उनलाई अनुुन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको छ । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् ।

एक पटक पढ्नुहोस