काभ्रे/काभ्रेको तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन् । भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दलमान थोकर(डिएम ) उपाध्यक्षमा विजयी भएका छन् ।
जसअनुसार अध्यक्षमा विजयी तामाङले ७ हजार ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८ सय ७० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का थोकरले ६ हजार ५ सय ५१ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सम्तेन थिङले ४ हजार ९ सय ५२ मत प्राप्त गरेका थिए ।
तेमाल गाँउपालिकामा ९ वटा वडा रहेकोमा नेपाली काग्रेसले ३, माओवादीले ४ वटा र एमालेले २ वटा वडा जितेको छ । तेमाल १ मा एमालेका इन्द्र अधिकारी, २ मा माओवादीका देवराज तामाङ, ३ मा काग्रेसका विष्ण्ुबहादुर तामाङ, ४ मा एमालेका पेम्बा लामा, ५ मा माओवादीका हजार सिं लामा, ६ मा माओवादीका प्रेमबहादुर तामाङ, ७ मा काग्रेसका इन्द्रलाल तामाङ, ८ मा काग्रेसका तेमालसिं तामाङ र तेमाल ९ मा माओवादीका चन्द्रबहादुर लामाले वडा अध्यक्ष जितेका छन् ।
