After header

पनौतीमा मेयरमा रामशरण र उपमेयरमा गिता विजयी

कस्ले कुन वडा जिते हेर्नुहोस् नामवली सहित

काभ्रे/ काभ्रेको पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार रामशरण भण्डारी मेयरमा निर्वाचित भएका छन् । उृनले नेकपा (एमाले)का उमेदवार भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पराजित गर्दै उनी विजयी भए ।

नगर प्रमुखमा कांग्रेसका भण्डारी १४ हजार ५० मतसहित निर्वाचित भए । एमालेका उम्मेदवार तथा निवर्तमान नगर प्रमुख समेत रहेका न्यौपानेले ११ हजार ७ सय ८३ मत मात्रै प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी गीता बञ्जारा १२ हजार ३ सय ३७ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का छविलाल हुमागाईंले १० हजार ३ सय ८८ मत प्राप्त गरेका थिए । त्यसै गरी पनौतीमा १२ वटा वडा रहेकोमा काग्रेसले ४ वटा जितेको छ भने एमालेले ७ वटा र एक वटा समाजवादीले जितेको छ ।

पनौती १ मा काग्रेसका जय लामा, २ मा नेकपा एमालेका, पुरुषोतम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेका दिपक दाहाल, ५ मा काग्रेसका विनोद खत्री, ६ मा एमालेका भिमसेन आचार्य, ७ मा एमालेका सविन ताम्राकार, ८ मा एमालेका बेदप्रसाद बञ्जार, ९ मा काग्रेसका सहकुल हुमागाई, १० मा काग्रेसका मोहन भण्डारी, ११ मा एमालका विपिन लामा र पनौती १२ मा समाजवादीका जयराम केसी वडा अध्यक्षमा विजयी भएक छन् ।

एक पटक पढ्नुहोस