भकुण्डे/ नमोबुद्ध नगरपालिका वडा नं. ३ मा स्थानिय निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराईदिनु भएकोमा सम्पूर्ण वडाबासी प्रति आभार धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नं. ३ को आयोजनामा आयोजित कार्यक्रममा नेपाली काग्रेस केन्द्रिय सदस्य गणेश लामाले सबै मतदाताहरुलाई धन्यावाद दिनु भएको थियो । स्थानिय निर्वाचनमा वडाबाट निर्वाचित गराउन जति भुमिका खेल्नु भएको छ । अब केहि समयपछि प्रदेश र प्रतिनिधी सभाको निर्वाचन आउदै छ यसका लागि पनि वडा नं. ३ का सबै मतदाताहरुले यसरी नै एक जुट भई मतदान गर्न आग्रह गर्नुभएको भयो ।
कार्यक्रममा नेपाली काग्रेसका काभ्रेका सभापति तिर्थ लामाले अब यस नगरपालिकाले विकास प्रेमी नेता पाउनु भएको छ । नेपाली काग्रेस जहिले पनि कुरा भन्दा काम गरेर देखाउने पार्टी हो । त्यसैले यस वडाले विकास प्रेमी यूवा नेता रमेश तिवारी जस्तो ब्यक्तिलाई यसवडा बाट अत्याधिक मत दिई वडा अध्यक्ष जिताउनु भएको छ । कम्प्युनिष्टले जितेको र अहिलेका यूवा नेता रमेशले जित्दा के फरक पाउनु हुन्छ त्यो भोलि तपाईहरुले हेर्न पाउनु हुन्छ उहाँले भन्नुभयो ।

नेपाली काग्रेस पार्टी भनेको जनताको पार्टी हो । काग्रेसले कहिले झुठो बोलेर जनताहरुलाई झुकाउदैन । कम्प्युनिष्टले झुटको खेति गरेर जनतालाई झुकाईरहेको छ अब यस मूलकबाट कम्प्युनिष्टको दिन गए । जनतालाई कति दिन ढाटेर खानु त्यो यस निर्वाचन बाट जनताले देखाईदिई सके । त्यसैले यस्ता झुटको खेति गरेर खानेहरुलाई अबको आउदै गरेको प्रदेश र प्रतिनिधी सभा पनि जनताले प्रष्ट भई आफ्नो मतधिकार प्रयागे गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख कुन्साङ लामाले मलाई मतदाताले दिएको मतको सम्मान गदै नगरको विकासका लागि सधैव लाग्ने बताउनु भयो । मेरो चुनावी बेलाको टोल टोल गाउँ गाउँ गरेर बोलेका विकासका प्रतिवद्धता पुरा गर्ने बताउनु भयो । कार्यक्रममा वडा नं. ३ का नवनिर्वाचित वडा अध्यक्ष रमेश तिवारीले सबै मतदाताहरुलाई धन्यावाद दिनु भएको छ ।
यस वडामा कम्प्युनिष्टको किला तोडेर मलाई विश्वास गरेर जनताले मतदिई जिताउनु भएको छ । म यस मतको कदर गदै यस वडाको विकासका लागि कुनै कसुर बाकी नराखी विकासका लागि आफू र आफ्नो टिम सधै अगाडि बढ्ने बताउनु भयो । मलाई यस वडा बासीले कहाँ के गर्नु परो प्रष्ट रुपमा भन्नुहोस् ।
म यस वडामा रहेका सबै जनताको वडा अध्यक्ष हुँ । म पार्टी भन्दा पनि विकास प्रेमी छु । पार्टी चुनावका लागि मात्रै लागियो र तपाईहरुले मतदिई आज मलाई जिताउनु भएको छ । म अब आम ३ नं. वडाबासीको जनप्रतिनिधी हुँ । त्यसैले मलाई सबैले सहयोग गरी विकासका लागि आफ्नो वडा बनाउन सबैले सहयोग गर्न आग्रह गर्दछु उहाँले भन्नुभयो । कार्यक्रममा नेपाली काग्रेस नमोबुद्ध ३ का वडा अध्यक्ष मुरली पौडेलले वडाबासीलाई धन्यावाद दिदै भोलिका दिनमा पनि यसरी नै साथ र सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
