भकुण्डे/नमोबुद्ध नगरापकिलाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले नगर भित्र रहेको सबै समस्याको हल अबको ४ वर्षमा सम्पन्न गर्ने बताउनु भएको छ । आज शनिबार नमोबुद्ध वडा नं. ३ मा स्थानिय निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराईदिनु भएकोमा सम्पूर्ण वडाबासी प्रति आभार धन्यावाद ज्ञापन आयोजित कार्यक्रममाा लामाले यस्तो बताउनु भएको हो ।

यस नगरमा यस भन्दा अगाडि विकासको नाममा भष्ट्रचार मात्रै भएको भन्दै यस नगरभित्र अब विकासको सुरुवाती भईसकेको बताउनु भयो । आफू निर्वाचित पछि प्रदेशको राजधानी हेटैडा गई प्रदेश बाट चरुवाको खानेपानी ५० लाख बजेट हालिसकेको बताउनु भयो । चरुवा देखि पाँचखाल जोड्ने बाटो खन्न शुरुवातका लागि ५० लाख बजेट हालिसकेको बताउनु भयो । महिले निर्वाचन जिते सगै विकासका काम शुरुवात गरिसको र अन्य बजेट ल्याने प्रयास गरिरहेको बताउनु भयो ।
महिले गाउँ गाउँ टोल टोल गई सबै अध्यन र अवलोकन गरिसकेको छु । यस नमोबुद्ध नगरमा धेरै विकास गर्ने बाकी छ । यस नगरबासीहरु ढुक्क हुनुहोस् म जसरी भएपनि यहाँको विकास गरे छोड्छु । मलाई नगरबासीले माया, ममता गरि दिएको भोटको खेरजान दिन्न । म हिजो पनि विकास प्रेमी थिई, आज पनि छु र भोलि पनि यस नगरको विकासका लागि रहिरहने छु उहाँले भनुभयो । महिले टोल टोलमा गई विकासका नाममा वाचा र प्रतिवद्धता गरेको कामको पुरा गरेरै छाड्छु । म तपाईहरु जनताकै मतबाट यस नगरको सेवा गर्न पाएको छु ।
महिले कहिले पनि यस नगरका जनताको मन दुखाउने काम गर्ने छैन । तपाईहरुको समस्या र वडाको विकासका लागि काही कतै छुटेको छ भने मलाई भनु होला । म सबै सधैव यस नगरबासी जनताको सेवामा नै तत्वर रहने छु उहाँले बताउनु भयो ।
