After header

असार ७ गतेबाट स्थानीय तहगत आधारमा राष्ट्रिय परिचयपत्र वितरण

काभ्रे/ काभ्रे जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय परिचय पत्र बनाउनेको भिडलाई मध्येनजर गदै अबदेखि आलोपालो गर्ने भन्दै सुचना जारी गरेको छ । सेवाग्राहीलाई बिहान देखि लाइन बस्दा समेत बेलुका सम्म पनि पालो नआउने र सेवाग्रहीले भोकेको पिडाको मध्येनजर गदै अब देखि आलोपालो गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको पालिकागत कार्यतालिका अनुसार धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाका सेवा ग्राहीलाई आइतबार र बुधबार, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका , बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकाका सेवा ग्राहीलाई सोमबार र बिहीबार र पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार तालिका निर्धारण गरिएको छ ।

जिल्लाको महाभारत र खानीखोला गाउँपालिकाका सेवाग्राहीको हकमा हरेक दिन राष्ट्रिय परिचय पत्र वितरण गरिने कुरा कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेकाले सेवा प्रवाहमा समस्या भएकाले कार्यालयले स्थानीय तह अनुसार आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न लागिएको कुरा कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित सूचनामा भनिएको छ, ‘२०७८ असार ३ गतेदेखि असार ६ गतेसम्मका लागि टोकन वितरण गरिसकिएको र असार ७ गतेबाट स्थानीय तहगत आधारमा आलोपालो प्रणालीमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता सम्बन्धि कार्य प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ’ सुचना भनिएको छ ।

 

एक पटक पढ्नुहोस