After header

बनेपामा हुनुहुन्छ! अनि तिर्खा र शौच लाग्यो,क्याफे दि फ्युजनबाट लिनुस् नि:शुल्क यी सुविधा ः

 ः

बनेपा/काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न ल्याएको योजना जिल्लामा पनि विस्तार भएको छ । 

मेयर साहको योजना पछिल्लो समय मुलुकभर ‘ट्रेण्ड’ बन्दै गइरहेको छ । काभ्रेमा पनि यो ट्रेण्ड भित्रिएको छ । बनेपाको चारदोबाटोमा रहेको क्याफे दि फ्युजनले बालेन फर अस, वी फर बालेन नारासहित आफ्नो रेष्टुरेन्टमा रहेको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएको हो । 

बनेपामा सार्वजनिक शौचालयको अभावमा सर्वसाधारण बर्षौंदेखि समस्यामा पर्दै आएका थिए । मुख्य बजार क्षेत्र चारदोबाटो आसपासका एउटा पनि सार्वजनिक शौचालय छैन । सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै रेष्टुरेन्टमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउन थालिएको क्याफे दि फ्युजनका सञ्चालक अनुप दुलालले बताए । व्यवसायका साथै समाजप्रतिको उत्तरदायित्वसमेत महसुस गर्दै काठमाडौंका मेयर बालेनले ल्याएको योजनालाई जिल्लामा पनि सुरु गरेका हौं’ दुलालले भने, ‘यसले चारदोबाटो आसपासका सार्वजनिक शौचालय नभएका कारण सर्वसाधारणलाई परेको समस्या समाधान हुन्छ भन्ने अपेक्षा गरेका छौं ।

क्याफे दि फ्युजन चारदोबाटोस्थित बनेपा कमर्सिलय कम्प्लेक्समा रहेको छ । साढे तीन बर्षदेखि सञ्चालनमा आएको उक्त क्याफेको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याइए पनि स्वच्छता भने कायमै राख्ने सञ्चालक दुलालले बताए । उनले शौच का साथ तिर्खा लागे नि:शुल्क  पिउने पानीकाे समेत व्यवस्था रहेको बताए । ‘मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै हामीले शौचालयको सरसफाईमा पनि विशेष ध्यान दिइरहेका छौं’ शौच गरेपछि साबुन पानीले हात धुने समेत व्यवस्था छ ।  दुलालले भने । क्याफे दि फ्युजन स्वस्थ खानेकुरा र उत्कृष्ट सेवाका लागि परिचित रहेको छ । उनले ग्रामीण इलाका बाट आउनु हुने सेवाग्राहीले अप्ठेरो भोगिरहेको अबस्था भएको र विशेष गरी सुत्केरी महिला बाल बच्चा वृद्व वृद्वा लगायत विद्यार्थीहरू लगायत सबैले निशर्त सेवा लिन सक्ने बताए ।

एक पटक पढ्नुहोस