डा.खनालको सपनीमा आउने रहर वोलको गीत सार्वजनिक

काठमाडौं/ गीत संगीत जीवनका अनन्त सहयात्रिहरु हुन् भन्दा परक पर्दो रहेनछ । यसबाट बनेको सांगितीक धुनको संयोजनले दिएको आनन्दबाट हरेक मानिसले एकछिन भएपनि आफूलाई भूलाउन सक्छ र रमाउन सक्छ ।

गीत र संगितले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने कुराको उदाहरण डा. उत्तम खनाललाई लिन सकिन्छ । खनाल अध्ययनका हिसावले अर्थशास्त्र विषयका एउटा चिर परिचित अर्थ विज्ञका रुपमा रहनुभएको छ ।

नेपालको अर्थराजनीति विषयमा शसक्त रुपमा कलम चलाउन रुचाउने खनाल अनुसन्धान तहका विभिन्न विदाहरु लगायत अन्तराष्ट्रिय जर्नलमा काम गर्दै जसरी आफूलाई एउटा अब्बल मानिसका रुपमा परिचित रहँदै आउनु भएको छ त्यसरी नै उहाँको कलमले साहित्यको क्षेत्रलाई छोड्न सकेको छैन ।

बरु उहाँले बचेको समयमा शसक्त शब्दहरुले भरिएका गीतहरु रचना गर्दै जानु, कविता लेख्नु पनि अर्को विशेषता रहेको छ । डा. खनालको गीति यात्रालाई संगीत र मिठो स्वर दिएर सजाउने काम काठमाण्डौका मनराजा नकर्मी र झापा जिल्लाकी पवित्रा वलिले सहयोग गर्दै आउनु भएको छ ।

मनराजा नकर्मी रेडियो नेपालमा वरिष्ठ संगीतकार रुपमा कार्यरत हुनुहुन्छ भने अहाँले सयौं मर्मस्पर्शी गरेर आम सांगितिक क्षेत्रमा चिर रिचित हुनुहुन्छ । झापा जिल्ला घर भएकी सुमधुर स्वरकी धनी एवं रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण पश्चात लामो समयदेखि गायन क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तित्व पवित्रा वलिले साथ दिएकी छन् ।

“सपनीमा आउने रहर विपनीमा साँट्न हुन्न, मन मिल्ने साथीलाई मनैदेखि ढाँट्न हुन्न” बोलको गीत हालै सार्वजनिक भएको छ । यसमा पवित्रा वलिको निकै मिठो स्वर सुनिएको छ भने शब्द र संगीतले थपेको मिठासपन अविस्मरणिय रहेकाले मनमा बस्न सफल हुनेछ । गीत सुन्नका लागि तलको लिकंमा क्लिक गर्नुहोला ।
जततउकस्ररथयगतग।दभरढब्धल्हकदव्यहप

 

एक पटक पढ्नुहोस