६० जनाले गरे रक्तदान

बनेपा/ काभ्रेको बनेपामा आर्शु स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमा आज ६० जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदाना भन्ने मूल नारा सहित आयोजना गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको सस्थाले जनाएको छ ।

धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम विभिन्न ब्यक्ति रक्तदान गरेका थिए । बुधबार अर्थात आज बिहान ११ः०० बजे बाट सुरु भएको रक्तदान कार्यक्रम बेलुका ४ः०० बजे सम्पन्न भएको थियो ।

रक्तदान मा सहभागी सम्पुर्णलाई आर्शु स्मृति प्रतिष्ठान परिवारले हार्दिक धन्यवाद दिदै रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गदै धन्यवाद दिएको थियो । बनेपा पुलबजारमा रहेको बि एम के ड्राइभिङ स्कुलको सहयोगमा उक्त रक्तदान भएको थियो ।

एक पटक पढ्नुहोस