काभ्रेको जिसस संयोजकमा गठबन्धनको तर्फबाट गौतम विजयी

काभ्रे/ काभ्रेमा आज असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका लागि भएको निर्वाचनमा गठबन्धन तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् ।

उनले २२ मत पाए भने एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाइन् ।उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङ नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरे ।

सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भए ।

काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए । आजै निर्वाचित सबैले शपथ र पदभार गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालय जनाएको छ ।

एक पटक पढ्नुहोस