भक्तपुर/ युवतीलाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् ।सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिए लगत्तै जगाती स्थित प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको पाण्डेले जानकारी दिए । युवतीले आफूलाई होटलमा लागेर जबर्जस्ती बलात्कार ग¥यो भनेर उजुरी गरेकाले तत्काल युवकलाई पक्राउ गरी थप अनुशन्धान भईरहेको पाण्डेले जानकारी दिए ।
