धुलिखेल / ५ जना लागू औषध कारोबारी लाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्लाको बनेपा न.पा १० जनागालमा १४ गते शनिबार लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी गस्ति टोलिले ३०२ एम्पुल डीएजिपाम, ३०२ एम्पुल फिनीरजिन ३०२ एम्पुल नोफिन गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध ५ जनाबाट बरामद गरेको र उनीहरुलाई पनि नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ पर्नेमा बारा पिपरपाती गा.पा ४ बस्ने वर्ष ३५ को समसोदिन मिया, बनेपा न.पा १० बस्ने वर्ष २८ को सविन हुमागाई,बारा डुमरवाना ४ बस्ने वर्ष ३८ कि संगिता चौधरी छन् । उनीहरूले विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुल्न आऐकोले जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष हरी खतिवडाले बताए । उनले पक्राउ परेकाहरू लाई असार १५ गते जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको बताए ।

काभ्रे प्रहरीद्वारा ५ जना लागु औषध कारोबारी पक्राउ
जिल्ला अदालत काभ्रे बाट ५ दिनको म्याद थप र अनुसन्धान जारी
एक पटक पढ्नुहोस