After header

सुनकोसीमा पौडी खेल्न गएका दुई बालकको दुई हप्ता बित्नै लाग्दा पनि अवस्था अज्ञात

तेमाल/ काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा न ३ बाट सुनकोसी नदीमा पौडिन गएका दुई जना बालक को अवस्था दुई हप्ता बित्नै लाग्दा पनि अज्ञात नै छ ।

तेमाल गाउँपालिका ३ का सोम माझी को छोरा भुमे मा.वि कक्षा ४ मा पढ्ने  समीर माझी र सोही स्कुलमा कक्षा दुईमा पढ्ने कुल ब. माझीको ९ वर्षिय छोरा दिलिप माझी साउन ४ गते दिउँसो बाट सुनकोसी नदीमा पौडी खेल्न भनेर गएको स्थानीयले बताएका छन् । दुई अज्ञात बालकको खोजी कार्यमा स्थानीय र प्रहरी मिलेर खोजी कार्य गरे पनि अवस्था अज्ञात नै छ।

सुनकोशी नदिमा पौडी खेल्न जादा सानो ९ बर्ष को दिलिप माझी डुब्न् पुग्दा समीर माझि बचाउन खोज्दा दुुुबैजना बेपत्ता भएका थिए । हराइरहेका उनीहरुको थप खोजी गर्न जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दीपक गौतमले  चासो देखाएका छन्। 

एक पटक पढ्नुहोस