After header

ई-पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखि खुल्ने

काठमाडौं /राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको छ । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

एक पटक पढ्नुहोस