After header

पनौती नगर शैक्षिक हबको रुपमा विकास हुदै

गत वर्ष सात वटा विद्यालयले सुचना प्रविधि प्रयोगशाला निर्माणको लागि बजेट पाएको नगरमा यो वर्षको लागि प्रस्ताव आव्हान

पनौती,काभ्रे ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि प्रस्ताव मागेको छ ।

यो कार्यक्रम अन्तर्गत छनौट भएका विद्यालयमा प्रोजेक्टर, स्मार्ट वोर्ड, टिभी सेट खरिद तथा डिजिटल लाईबेरी निर्माणको लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैया प्रदान गरिन्छ । पनौती नगरपालिकाको शिक्षा शाखाको शाखा अधिकृत पुष्पा शर्मा अर्यालका अनुसार यो कार्यक्रमले गुणस्तरीय, प्रविधिमैत्री शिक्षा प्रदान गर्न सहयोग पुगेको छ । साथै, आधुनिक प्रविधिको प्रयोग गरि पठन पाठन गर्दा विद्यार्थिहरुलाई अझ सहज हुनुका साथै शिक्षकहरुलाई पनि शैक्षिक सामाग्रीहरु संकलन गर्न सजिलो हुने गरेको छ ।

गत वर्ष पनौती नगर भित्र रहेको श्रीराम मावि, पुण्य मावि, इन्द्रेश्वर मावि, शान्ति निकेतन मावि र भालेश्वर मावि गरि पाँच वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माणको लागि वजेट आएको थियो । प्रदेश सरकारको तर्फबाट पनि पनौती नगर क्षेत्र भित्रको भालचन्द्र मावि र बाल आदर्श मावि दुई वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माणको लागि वजेट आएको थियो । यो कार्यक्रम अन्तर्गत प्रदेश बाट भने प्रति विद्यालय १२ लाख रुपैया आएको थियो ।

गत वर्ष शान्ति निकेतन मावि र बालप्रकाश मावि दुई विद्यालयलाई साइन्स ल्यावको लागि पनि वजेट आएको थियो । शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमका अनुसार आइसिटि कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रस्ताव आव्हान गर्ने र आएको प्रस्तावलाई प्राथमिकिकरण गर्ने र सिफारिस गर्ने कार्य गर्छ भने कार्यक्रम आएपछि संवन्धित विद्यालयले नै खरिद प्रक्रिया अघि बढाउने छ । यो कार्यक्रमको वजेटले प्रोजेक्टर, स्मार्ट वोर्ड, टिभी सेट खरिद तथा डिजिटल लाईबेरी निर्माण बाहेक अन्य काम गर्न नपाइने श्रोत व्यक्ति जंगम बताउनु हुन्छ ।

पनौतीको शैक्षिक क्षेत्रको सुधारको लागि नगरले समेत आन्तरिक वजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको र अन्य विविधि कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुको सुधार भैरहेको सन्दर्भमा पनौतिको शिक्षा क्षेत्र माथि उठ्दै गएको देखिन थालेको छ । ‘पनौती शैक्षिक हवको रुपमा विकास हुदैछ’ स्रोत व्यक्ति जंगम भन्नुहुन्छ– पनौती नगरमा काठमाडौं विद्याविद्यालय हाइस्कुल (कुप्स), मल्पी इन्टरनेशनल, सिद्धार्थ वनस्थली जस्ता देशभरी नाम चलेको विद्यालय संस्थागत तर्फका विद्यालय पनि छन भने भलेश्वर मावि, भालचन्द्र मावि जस्ता सामुदायीक तर्फका नमुना विद्यालय पनि छन् ।

सामुदायीक तर्फ आम अभिभावकहरुको आकर्षणको केन्द्र बनेको पनौतीमा श्वत गणेश आधारभुत विद्यालय जस्ता विद्यालय पनि पनौती नगरमा रहेको छ । शैक्षिक गुणस्तर बढाउनको लागि विद्यालयको प्रध्यानाध्यापकको पनि उत्तिकै भुमिका रहने भन्दै श्वत गणेश विद्यालयका प्रअ इन्द्रलाल मानन्धरको यहा चर्चा पनि हुने गरेको छ । मानन्धरले शिक्षा सेवा आयोगमा मावि तहमा नाम निकालि सिफारिस समेत भएपनि आफ्नै गाउको विद्यालय सुधार गर्छु भनि राहत शिक्षकको रुपमा बसेर कार्य गरिरहनु भएको छ । पनौती नगरका स्रोत व्यक्ति जंगमका अनुसार प्रअको इच्छा शक्ति भयो भने पनि शैक्षिक गुणस्तर बढ्नेछ । यो विद्यालयमा अहिले नया विद्यार्थि मात्र एकसय जनाको हाराहारीमा भर्ना भएका छन् ।

शिक्षिकाहरु मात्र रहेको धनेश्वर प्रविमा पनि अहिले विद्यार्थिको चाप बढेको छ । पहिला बन्द भएको यो विद्यालय दुईवर्ष अघि पुनः सञ्चालनमा आएको थियो । पनौती नगरमा ३३ वटा सामुदायीक र १९ वटा संस्थागत विद्यालयमा करिब १३ हजार विद्यार्थि अध्ययनरत छन् ।

एक पटक पढ्नुहोस