After header

डा. पोखरेललाई अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौ/ अर्थ मन्त्रालयले बैक तथा वित्तिय क्षेत्रको विज्ञको रुपमा डा. शालीक राम पोख्रललाई नियुक्त गरेको छ । लघुवित्त, साना तथा मझौला उद्योगमा विशेषग्यता हासिल गरेका डा. पोख्रेललाई अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक विज्ञको रुपमा नियुक्त गरेका हुन् ।

बैकिङ तथा वित्तिय प्रणलीमा देखिएको समस्यालाई मध्येनजर गदै त्यसको अध्यन र अनुसन्धान गरी समस्याको समधान गर्ने उदेश्यले पोख्रेललाई नियुक्त गरेको हो । करीब एक दश देखि नेपाल राष्ट्र बैकको आर्थिक अनुसन्धान विभागमा कार्यरत डा. पोख्रेललाई अर्थ मन्त्रालय अन्र्तगत बैकिङ तथा वित्तिय प्रणलीलाई कसरी माथि लाग्न सकिन्छ भन्ने उदेश्यले उनलाई अर्थ मन्त्रालयमा आर्थिक बिज्ञको रुपमा नियुक्ती गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

डा. शालीकराम पोखरेलले १० बर्ष भन्दा बढी नेपाल राष्ट्र बैक अनुसन्धान बिभागमा रहेर मौद्रिक निति लेखन तथा नितिगत ब्यबस्थाका लागि थुप्रै अनुसन्धान गरेको अनुभवको आधारमा उनलाई नियुक्ती गरीएको अर्थ मन्त्रालयले छ । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् ।

एक पटक पढ्नुहोस