काठमाडौं/ नेपाली सेनाले आफ्ना बहालवाला सेना तथा उनीहरुका परिवारहरुलाई दशैलक्षित गदै निःशुल बस र हवाई सेवा सुरु गरेको छ ।दशैंलाई लक्षित गर्दै नेपाली सेनाले निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो । दशैंमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारलाई लक्षित गर्दै सेनाले निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको सैनिक मृख्ययालयले जनाएको छ ।
सडक सञ्जाल पुगेका स्थानहरुसम्म बसमार्फत् निःशुल्क सेवा दिने र सडक सञ्जाल नभएका ठाउँहरुमा हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ । भदौ २९ गतेदेखि सुरु गरिएको हवाई सेवामार्फत् अहिलेसम्म १३४ जनालाई गन्तव्यमा पु¥याइएको सेनाले जनाएको छ । बस सेवा भने असोज ४ अर्थात भोलिबाट सञ्चालनमा ल्याइने सेनाले जनाएको छ ।
सैनिक कल्याणकारी सेवा अन्तर्गत यो सुविधा उपलब्ध गराइएको सेनाले जनाएको छ । गत वर्ष हवाईमार्फत् ११२ जना र बसमार्फत् १ हजार ४५२ जना सैनिक तथा उनका परिवारले यो सुविधा लिएका थिए । यो सेवा गत वर्ष पनि दिएको र यस वर्षलाई पनि निरन्तर दिएको सैनिक मृद्ययालयले जनाएको छ ।
