काठमाडौं/ संविधान दिवसरको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना सहित संविधान दिवस जनाईएको छ । २०७२ साल असोज ३ गते सविधान संघीयता सहितको संविधान जारी गरेको आज ७ वर्ष पुरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरि सविधान दिवस मनाईको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।
सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । आजैका दिन नेपाल सरकारले सार्वजनिक बिदा समेत दिए संविधान दिवस बनाउन समेत आग्रह गरेको छ ।
