धनगढी । कैलालीमा पत्नीको कुटपिटमा संलग्न पति पक्राउ परेका छ्न ।
कुटपिटमा संलग्न जिल्लाको गौरीगंगा नगरपालिका-५ का ३६ वर्षीय शेरबहादुर नाम्जालीमगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
उनलाई सोही ठाँउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार शेरबहादुरको कुटपिटबाट निजकी पत्नी ललिता नाम्जाली मगरको मृत्यु भएको छ ।कुटपिट गरेपछि शेरबहादुर फरार रहेका थिए ।
शेरबहादुरको कुटपिटबाट निजकी छोरी १७ वर्षीया लक्ष्मी नाम्जालीमगरको टाउँकोमा चोट लागेको र उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको तथा अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।
साथै निजको छोरा १२ वर्षीय बिजय नाम्जालीमगरलाई सामान्य चोट लागेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
