काभ्रे/ इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ५ भिमसेनस्थान बाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले जानकारी दिए ।
गोप्य सुचनाको आधारमा लागुऔषध कारोबार भईरहेको भन्ने सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरीएको बोहोराले जानकारी दिए । बनेपा क्षेत्रमा लागुऔषध कारोबार र सेवन गर्नेको सख्या बढेको जनगुनासो आईरहेकाले हामीले विशेष निगरानी बढाईरहेको बेला लागुऔषध सेवन गर्ने र कारोबारमा संगलनता देखिएकाले उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ०५ का वर्ष २२ को कृष्ण मानन्धर, बर्ष १९ को सुजन ढकाल, र बनेपा बडा नं ११ बस्ने वर्ष २२ को शिब मिजार रहेको डिएस्पी रेशम बोहोराले जानकारी दिए ।
उनीहरुको साथबाट NITRAVET–10 लेखेको लागुऔषध जस्तो देखिने चक्की थान ३१, DIAZEPAM लेखेको लागुऔषध जस्तो देखिने एम्पुल धान–१७, PHENERGAN लेखेको लागुऔषध जस्तो देखिने एम्पुल थान–१७, BUPRENORPHINE लेखेको लागुऔषध जस्तो देखिने एम्पुल थान–१५, NOOPHINE लेखेको लागुऔषध जस्तो देखिने एम्पुल थान–२,LIFELINE 10ml लेखेको सिरिन्ज थान–३, LIFELINE 5ml लेखेको नखोलिएको सिरिन्ज थान–२, र नेपाली रुपैया रु. ४३,००० (तिर्चालिस हजार मात्र) सहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरुलाई काभ्रे जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुशन्धान कार्य भईरहेको डिएस्पी बोहोराले जानकारी दिए ।
