काभ्रे/ लोकतान्तिक वाम गठबन्धन काभ्रेको प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवार सगँ नेपाली काग्रेस भुम्लु गाउँपालिकाले भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रतिनिधि सभा २ का उम्मेदवार काभ्रेली जनताका ढुकढुकी आम काभ्रेली जनताका आशा, विकास प्रेमी नेता शिव प्रसाद हुमागाईलाई भुम्लुमा भव्य स्वागत गरेका छन् ।

नेपाली काग्रेस भुम्लु गाउँपालिकाको आयोजनामा आज शुक्रबार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा नेपाली काग्रेस भुम्लु गाउँपालिकाका सभापति जितेन्द्रमान लामा ( दावा) ले अब हुन लागिरहेको निर्वाचनमा पालिकामा गठबन्धनले पाएका मत भन्दा बढी मत प्रतिनिधि सभा र प्रदेश सभाका लागि यस पालिकाबाट ल्याउने दावी गरे ।
यस भुम्लु गाउँपालिकामा स्थानिय निर्वाचनमा पनि गठबन्धन बाटै जितेका हामी यहाँ छौ । यस पालिकाबाट स्थानिय निर्वाचन भन्दा बढी मत अबको निर्वाचनमा यस गाउँपालिका बाट गठबन्धनका उम्मेदवारलाई दिनेमा ढुक्क हुन उनले आग्रह गरे । वाम गठबन्धनका यस प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार विकास प्रेमी र काभ्रेली जनताको मन मष्तिकमा बस्न सफल ब्यक्तित्व हुनुहुन्छ ।

भष्ट्रचारी उम्मेदवारहरुले अब यस गाउँपालिकाबाट सधैका लागि विदा यहाँ जनताले गरिसकेका छन् यसको उदाहरण अहिले स्थानिय निर्वाचत बाट हेर्न समेत सभापति लामाले आग्रह गरे ।जनता सगँ भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा प्रतिनिधि सभा २ का उम्मेदवार आम काभ्रेली जनताका भरोसा शिव प्रसाद हुमागाईले यस पालिकाका जनताको घर आँगनमा पुगेर आफ्नो प्रष्ट धारण राख्ने बताए ।
यस पालिकाले जनता सगँ गरेका प्रतिवद्धता मेरो प्रतिवद्धता हो । म सधै विकास र जनताको न्याय चाहान्छु । मलाई काभ्रे जिल्लाको वदनाम गर्नु छैन त्यसैले आउदै गरेको निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गदै समग्र काभ्रेको विकासका लागि सबैलाई अनुरोध गरे ।
यहाँ झुटा आश्वासन दिनेको कमी छैन त्यसैले म यस क्षेत्रका लागि गफ भन्दा पनि काम गरेर देखाउने छु त्यसैले यस पटक प्रतिनिधि सभा २ मा यसै क्षेत्रबाट उम्मेदवार बनेकाले भष्ट्रचार गरि काभ्रेको वदनाम भन्दा पनि काम र काभ्रेको विकास गरेर जनताका मन जित्नका लागि आफ्नो उम्मेदवारी दिएको प्रष्ट पारेका थिए ।
