बनेपा/ बनेपा नगरपालिका वडा नम्बर १४,आशपुरेश्वर, काभ्रेपलाञ्चोकमा रहेको श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट र टिसर्ट वितरण गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक ईश्वर राउतले आफ्नै व्यक्तिगत खर्चमा विद्यालयका ७० जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेका हुन् । ट्रयाक सुट वितरण सँगै टिसर्ट पनि वितरण गरिएको थियो । टिसर्ट भने सामाजिक व्यक्तित्व धुलिखेल खड्पुका अशोक चन्द्र धुजु श्रेष्ठले आफ्ना अभिभावकहरुको सम्झनामा वितरण गरेका थिए ।
उक्त ट्रयाक सुट वितरण कार्यक्रममा बोल्दै बनेपा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष टुल्कु लामा ले सहयोगी मनहरुलाई धन्यवाद सँगै वडा भित्रको एकमात्र सामुदायीक विद्यालयको स्तर उन्नती को लागि पर्ने बताएका थिए । प्रहरी निरीक्षक ईश्वर राउतले विद्यार्थीहरुलाई अनुशासित भएर अध्ययन गर्न आग्रह गरेका थिए । सँगै समाजसेवी सोम लामाले सबै विद्यार्थीहरुलाई लगनशील भएर पढ्न आग्रह गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु बस्नेतले विद्यालयको शैक्षिक प्रगतीको लागि सबैजना लाग्नुपर्ने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकसङ्ग लामाको सभापतित्वमा सम्पन्न भएको थियो । उनले बनेपा नपा वडा नम्बर १४ भित्रको पुरानो विद्यालयलाई सबै मिलेर स्तर उन्नति गर्नुपर्ने बताएका थिए ।
