After header

यात्रु बाहक बस बस दुर्घटना हुँदा दर्जनौं घाइते, थप खबर आउन बाँकि

बनेपा । काभ्रेको बेथानचोक ४ चलाल गणेशस्थान स्थित यात्रु बाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बेथानचोकबाट बनेपा आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको पुण्यमती यातायातको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुन्डी राज न्यौपानेले जानकारी दिए । वहाँका अनुसार घाइतेहरू लाई उद्दार गरी उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पताल लैजाँदै गरेको बताएका छन् । दुर्घटनामा मानवीय क्षति भएको बारे भने थप खबर आउन बाकी रहेको न्यौपानेले बताएका छन् ।

एक पटक पढ्नुहोस