काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझमा भएको रिजर्भ बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म १३ जनाको नाम पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी ढुन्डी राज न्यौपानेका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको मात्रै पहिचान खुलेको बताएका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरु बनेपा नगरपालिका–११ सल्लेका सबैभन्दा बढीको मृत्यु भएको छ । पहिचान खुलेको मृतकहरु बनेपा नगरपालिका–१४ का राजकुमार तामाङ, निर्मला तामाङ, बनेपा नगरपालिका–११ का योगेश तामाङ, बनेपा नगरपालिका–११ का आकुर तामाङ, बनेपा नगरपालिका–११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ, बनेपा नगरपालिका–११ का पुष्कर तामाङ, बनेपा नगरपालिका–११ की कोपिला तामाङ, बनेपा नगरपालिका–११की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ , मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ, ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना, धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ, बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ र बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ रहेको बताईएको छ । मृतक अन्य चारको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । दुर्घटनामा २२ जना घाईते मध्ये धुलिखेल अस्पतालमा ९ जना, शिर मेमोरियल अस्पतालमा ७ जना र अन्य पाँच जनालाई भक्तपुर र काठमाडौँका न्यूरो लगायतका अस्पतालमा उपचार भईरहेको बताइएको छ।
