After header

प्रतिनिधि सभा सदस्यलाई जबराले शपथ खुवाउँदै

काठमाडौं/ प्रतिनिधि सभा सदस्यहरुलाई राप्रपाबाट समानुपातिक सांसद बनेका पशुपति शमसेर जबराले शपथ खुवाउने भएका छन् । नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधारमा उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेठो ठहरिएका कारण उनीले नै सांसदहरुलाई शपथ खुवाउने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् ।उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था रहेकाले उनले जेष्ठ सदस्यको हौसियतमा सबै सांसदहरुलाई शपथ खुवाउने भएका हुन् ।

एक पटक पढ्नुहोस