After header

आईजीपी धिरज प्रताव सिंह यूएई प्रस्थान

काठमाडौँ/ प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन् । इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् ।

इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म सञ्चालन हुँदैछ । सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपम शमशेर जबरा पनि त्यसतर्फ लागेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरु सहभागी हुनेछन् ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको लगाई सिह त्यसतर्फ गएका छन् ।

एक पटक पढ्नुहोस