काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रे शाखाको पहिलो साधारण सभा काभ्रेको धुलिखेलमा आज शनिबार सम्पन्न भएको छ । धुलिखेलमा रहेको होटल सनराईजमा भएको सेन्टरको कार्यक्रममा प्रमुख अथिति माओदी केन्द्रको पोलिटब्युरो सदस्य, काभ्रे जिल्ला ईन्र्चाज एवं पुर्व मन्त्री प्रतिनिधि सभा १ काभ्रेका मनानिय सुर्यमान दोङको आतिथ्यमा भएको छ । कार्यक्रममा बागमती प्रदेश सभाका पुर्व मन्त्री माननिय रत्न प्र ढकाल, संबिधान सभा सदस्य माननिय तेज ब मिजार, माओवादी पार्टी जिल्ला अध्यक्ष भोला आर्यल, सचिब दैबलाल घिसिङ, संगठनको केन्द्रिय उपाध्यक्ष बागमती प्रदेश इन्चार्ज लक्षमण खड्का, महासचिब सन्तोष पौडेल, सचिब डिल ब थोकर, केन्द्रिय सदस्य पेमा लामा, नेपाल पत्रकार महासंघ काठण्डौ शाखा अध्यक्ष संगठनको केन्द्रि सदस्य सुर्य सुवेदी, तेमाल गाउँ पालिकाको उपाध्यक्ष दल मान थोकर, बेथानचोक गाउँ पालिका उपाध्यक्ष तारा राना, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, प्रदेश सचिब काभ्रे इन्र्चज सन्तोष दाहाल , प्रेस सेन्टर ललितपुर शाखा अध्यक्ष एवं पत्रकार महासंघ ललितपुर सचिब राम हरि कार्की प्रेस सेन्टर भक्तपुर अध्यक्ष एवं पत्रकार महासंघ भक्तपुर सचिब संजिब सुभचिन्तक, प्रेस सेन्टर बागमती प्रदेश अनुसान समिति संयोज भरत अधिकारी लगायतले सेन्टर काभ्रेको साधारण सभामा सुभकामना ब्यक्र गरिएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपाल काभ्रेका पुर्व अध्यक्ष पार्टीको जिल्ला तहका नेतागन लगायत सेन्टरको सदस्यहरुका सहभागिता रहेको थियो । 
धुलिखेलमा भएको सेन्टरको साधारण सभा जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षतामा भएको सचिब शिब पन्तले संचालन गरिएको कार्यक्रममा उपाध्यक्ष नवराज अधिकारीले स्वागत मन्तब्य राखेका थिए। साधारण सभामा अध्यक्ष, सचिब र कोषाध्यक्षले राखिएको बार्षिक प्रतिवेदन पारित गरिएको जिल्ला सचिब शिब पन्तले जानकारी दिए ।

प्रेस सेन्टर काभ्रेको पहिलो साधारण सभा सकियो
Next Post
एक पटक पढ्नुहोस