भक्तपुर/ इडेन गार्डेन स्कूलको १५ औं स्थापना दिवस नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि हमालले विद्यालयको प्रशंसा गर्दै वर्तमान शिक्षा प्रणाली को व्याख्या गरेका थिए ।
कार्यक्रममा वशेष अतिथि चन्द्रप्रसाद न्यौपानेले आफु पनि ३० वर्ष शिक्षक भएकोले निजी विद्यालयको पछिल्लो कार्यक्रमबाट खुसी रहेको बताए । यस्तै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अभिभावकहरु बीच प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।कार्यक्रमममा सम्पूर्ण अभिभावकको तर्फबाट नेपाल सरकारको अधिकृत सरस्वती कार्की श्रेष्ठले विद्यालयले भविष्यको कर्मचारी नेता, गायक, नृत्यकार, उद्यमी तयारी गर्ने विविध कक्षाहरु सञ्चालन गरिरहेको बताए । यस्तै वालकोट प्रहरी वृत्तको वरिष्ठ प्रहरी हवल्दार शिताराम कोइरालाले विद्यार्थीहरुलाई सुरक्षासम्बन्धी जानकारी दिए ।

सूर्यविनायक नगरपालिका वडा नं. ३ मा संचालनमा रहेको विद्यालयका संस्थापक प्रिन्सिपल जयप्रकाश राईलाई २०६८ सालमा लगभग ३४ जना विद्यार्थीबाट संचालित विद्यालयले आजसम्म आइपुग्दा ८१३ जना विद्यार्थी विद्यालयमा रहेको जानकारी दिए । प्रविधियुक्त संस्कार सहितको शिक्षा विद्यालयको मूल नारा सहित संचालित यो विद्यालय भक्तपुरको एक नमुना विद्यालय बनाउने उद्देश्य रहेको पिैन्सिपल राईले बताए ।
विद्यालयले उक्त कार्यक्रममा अनुशासित विद्यार्थी कक्षा ८ की आयुषा कार्कीलाई र कक्षा ६ को आयूष भण्डारीलाई, सफा विद्यार्थीमा छात्रा तर्फ सूची थिङ्ग र छात्र तर्फ आयन थापा मगरलाई पुरस्कृत गरिएको थियो । वर्षको सर्वोकृष्ट विद्यार्थीमा कक्षा ६ को शुविच्छा थापालाई पुरस्कृत गरएिको थियो । कार्यक्रममा शिक्षकहरूको सम्मान र हौसलाका लागि दीर्घ सेवा तथा सर्वोकृष्ट शिक्षकमा आधारभूत तहको शिक्षक विजन श्रेष्ठलाई र दीर्घ सेवा सम्मान बाट पूर्व प्राथमिक तहकी शिक्षक सुमित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सबै कक्षाका विद्यार्थीहरुले उत्कृष्ट नृत्य, गीत, नाटक प्रस्तुत गरेर उपस्थित अतिथि साथै अभिभावकहरुलाई पूर्ण मनोरञ्जन गराएका थिए । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको सभापति यादप राईले विश्व आर्थिक मन्दीले विद्यालयलाई पनि निकै असर गरेता पनि हामी विद्यालयलाई कुनै असर नगरी सफलतापूर्वक सञ्चालन गर्ने बताए ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष यादप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार चन्द्र प्रसाद न्यौपाने, नेशनल प्याब्सन केन्द्रीय कोषाध्यक्ष प्रताव थापा , सहकोषाध्यक्ष विक्रम ढुकुछु लगायतले उपस्थिति रहेको थियो ।
