After header

नृपेशको गीतमा ‘कार्टुनज् क्रु’को धमाका

काठमाण्डौ ।

गीतकार नृपेश उप्रेतीको शब्द तथा गायक मानसराज र गायिका कृष्टी श्रेष्ठको स्वरमा ‘लै बरी लै बरी, तैँ मोरी मन परी’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार चर्चित नृत्य समूह कार्टुनज् क्रुको आधिकारिक युट्युब च्यानलमार्फत् गीत र म्युजिक भिडियो एकैसाथ सार्वजनिक गरिएको हो । भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, मानसराज, कल्पना घिमिरेलगायतको अभिनय रहेको छ । पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

युवाहरूमा हुने अव्यक्त प्रेमलाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको गीतको कम्पोजिसन गीतकार उप्रेतीले नै गरेका छन् । उप्रेतीको शब्दमा यसअघि तीन दर्जन बढी गीत रेकर्ड भइसकेका छन् ।

एक पटक पढ्नुहोस